Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले गठन गर्यो तीन समिति, सदस्यता व्यवस्थापन समितिको नेतृत्व गगन थापालाई


    सोमबार, साउन २ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ ।

    अनुशासन समिति गठन गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको हो ।

    केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता महतको भनाइ छ ।

    आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ती समितिको नेतृत्व चयन गरेको हो । सदस्यहरू पछि थप गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार