Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर समितिलाई दिइएको छैनः सांसद सरला यादव


    सोमबार, साउन २ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानविन समितिलाई अर्थमन्त्रालयले जेठ महिनाको सीसीटीभी फुटेज दिन आनाकानी गरेको छ ।

    संसदीय समितिले पटक पटक जेठ महिनाको सीसीटीभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सीसीटीभी फुटेज दिन आनाकानी गरे पछि पुनः ताकेता गरिएको छ ।

    ‘जेठ महिनाको सीसीटीभी फुटेज मागेका थियौं तर उहाँहरुले असार महिनाको दिनुभयो,’ समिति सदस्य सरला यादवले भनिन्, ‘जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई अझै दिइएको छैन, हामीले पुनः पत्र पठाएर माग जेठको सीसीटीभी फुटेज माग गरेका छौं ।’ उनका अनुसार जेठ महिनाको सिसिटिभी फुटेज दिनका लागि अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गरिरहेका छन् ।

    त्यसो त सीसीटीभी फुटेज दिन आनाकानी गरे पनि समितिमा बयान दिन आएका सचिव, सहसचिवहरुले १४ जेठको बजेट निमार्ण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।

    ‘सीसीटीभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरुले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनु भएको छ,’ सांसद यादवले भनिन्, ‘सीसीटीभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठयारो परिरहेको छ ।’ उनका अनुसार समितिले सो बारेमा आवाश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्नेछ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार