काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएको केही दिन पछिनै दक्षिणी छिमेकी भारत पुगे ।
चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै भइरहको चर्चाबीच प्रचण्डले भारत भ्रमण गरेका हुन् । सत्तारुढ भारतीय जना पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका उनले आफ्नो चिनियाँ अधिकारीको भ्रमणसँग भारत भ्रमणको कुनै महत्व नरहेको दाबी गरेका थिए । तर, तीन दिने भारत भ्रमणले भने चिनियाँ चासोको जवाफ दिएको भान भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हु्न्छ भन्दै शुक्रबार दिल्ली उडेका प्रचण्ड आइतबार स्वदेश फर्किए । तर अन्तिमसम्म प्रयास गर्दा पनि मोदीसँग उनको भेटवार्ता हुन सकेन । स्वदेश फर्किएपछि मोदीसँगको भेटलाई उनले खासै महत्त्वमा नभएको भन्ने खालको जवाफ दिए ।
भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।’
प्रचण्डले भनेजस्तै मोदीसँगको उनको भेटको अपेक्षा फोटोसँग मात्र होला ? प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने कुरा प्रस्ट भएको छ ।
यससँगै प्रचण्डले मोदीसँग भेटेको भए फोटो खिच्ने कुरा मात्र हुने र त्यो भन्दा बढी नहुने अर्थमा कतिपयले बुझेका छन् । के यसअघिका भेटमा सीमा, व्यापार लगायत राष्ट्रिय हीतका विषयमा हुने गरेका भनिएका वार्ताहरु बारेको बिवरणहरु सत्य थिएनन् त भन्ने प्रश्न उब्जिएको छ ।
उनको भ्रमण विशेषत सत्तापक्षसँग मात्र केन्द्रीत रहेको देखिएको छ । प्रचण्डले निम्ता दिने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डा बाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन् ।
सत्तारुढ दलका एकजना अध्यक्षलाई बोलाएर भारतले चीनलाई आफू गठबन्धनको पक्षमा रहेको संकेत भने स्पष्ट रुपमा दिएको छ । चीनले वाम दलहरुलाई एक बनाउने प्रयास गरे पनि सत्तारुढ दलसँग आफूहरुको राम्रो सम्बध रहको देखाउने अवसरको भारतले भरपूर उपयोग गरेको देखिएको छ ।
आफ्नो भारत भ्रमण सफल भएको दाबी प्रचण्डको छ । मोदीसँग भेट नभए पनि अरुसँगको भेट उलपब्धिपूर्ण भएको उनी बताउँछन् । ‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भने,‘म निकै आशावादी भएर फर्किएको छु।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend