Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अजित डोभलसँग दुई घण्टा एक्लै छलफल गरेँ : प्रचण्ड


    आइतबार, साउन १ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन् । 

    तीनदिने भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले डोभलसँग लामो छलफल गरेको बताए । 

    डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको उनले बताए। उनले उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी पनि गरे । 

    प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि लामो भेट भएको बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार