काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीको जवाफमा ताली बजाएकोप्रति गुनासो गरेका छन ।
शनिबार ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटोे’ विषयमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वाम एकता र तालमेलको विषयमा आफनो र ओली दुवैको भनाइमा ताली बजाएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् ।
‘मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन उपरोक्त अपिल गर्दासमेत हलमा उपस्थित स्राेता सहभागीहरूले कर्तलध्वनिका साथ ताली बजाएर समर्थन गर्नुभएको थियो,’ श्रेष्ठले भनेका छन्, ‘तिनै स्राेता सहभागीहरूले कमरेड ओलीले अहंकारको प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनुभयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्याउँछ त ? पुर्याउँदैन । हामी कहिले सच्चिने होला ? गम्भीरतापूर्वक सोचौं ।’
श्रेष्ठका अनुसार सो कार्यक्रममा नेपालका वामपन्थी शक्तिहरूले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति-प्रयत्नलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशयी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरूबीचको तालमेल, मोर्चा र एकताको आवश्यकता औल्याएका थिए ।
‘मैले सबै सम्बन्धित पार्टी र नेताहरूलाई देश, जनता र वाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै विनम्रतापूर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले को छ र अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो, ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथिसमेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन ।’ उनका अनुसार ओलीको सो अभिव्यक्तिले अह तुष्टि गर्ने तर देश जनता र वामपन्थी आन्दोलनलाई कुनै पनि योगदान पुर्याउने छैन ।
‘त्यसक्रमा मैले आमनेता, कार्यकर्ता र बुध्दिजीवीहरूलाई ‘आफ्नो पक्ष’को अन्धतापूर्वक समर्थन र वकालत गर्ने वकिल जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीकलाई बेठीक भन्ने साहस तथा संस्कृति प्रदर्शन गरौं भन्ने अपिल पनि गरेको थिएँ’ श्रेष्ठले गुनासो गर्दै भनेका छन् ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend