काठमाडौं । नेपाली कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
बैठकमा उपसभापति धनराज गुरुङले सभापतिले पार्टी एकलौटी चलाउन खोज्दा समस्या भएको बताए । उनले गत महाधिवेशनमा पराजित शेखर कोइराला सम’हलाई बाइपास गरेर अघि बढेको भन्दै सभापति देउवाको चर्को आलोचना गरेका छन् ।
‘शेखर कोइराला समूहलाई पुरै बाइपास गरेर अघि बढ्नु भएको छ, यसरी पार्टी चल्दैन’, उपसभापति गुरुङले भने, ‘त्यसमाथि सरकारले कुनै गतिलो काम गरेको छैन, प्रशासनिक बाहेक सम्झनायोग्य काम नगरेर सरकार कांग्रेसको हो भन्ने देखाउन सक्ने अवस्था छैन ।’
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सरकारको डेलिभरीको विषयलाई लिएर सभापति देउवाको आलोचना गरेका छन् ।
तत्कालीन केपी शर्मा ओलीको सरकारकै पथमा प्रधानमन्त्रीसमेत रहेको देउवा हिँडेको भन्दै संघीय संसदको निर्वाचनमा मत माग्ने एजेन्डा कांग्रेससँग नभएको टिप्पणी गरेका छन् ।
‘हिजो ओलीजीले जे–जे गलत गर्नुभयो, त्यसको हामीले आलोचना गर्दै आएका थियौ तर अहिले अहिले प्रधानमन्त्रीले त्यही त्यही काम गरेर हिँड्नु भएको छ, जसका कारण अबको निर्वाचनमा कांग्रेसले के भनेर भोट माग्ने ? त्यो सभापतिले देखाई दिनुपर्छ’, महामन्त्री थापाले बैठकमा भने । बहुमतको आधारमा संवैधानिक निकायमा नियुक्ति गर्न सकिने संवैधानिक परिषद् विधेयक ल्याएको विषयलाई जोड्दै सो विधेयक तत्काल फिर्ता गर्नुपर्ने थापाको जोड छ ।
अर्का महामन्त्री शर्माले पनि संवैधानिक परिषद् विधेयक सरकारले फिर्ता गर्नुपर्नेमा जोड गरेका छन् । ‘संवैधानिक परिषद् विधेयक फिर्ता गर्नुपर्छ, सभापतिले त्यो फिर्ता गर्नु भएन भने हामीले टाउको लुकाएर हिँड्नु पर्ने दिन आउँछ,’ महामन्त्री शर्माले भने, ‘सभापतिले हामीलाई टाउको लुकाएर हिँड्नुपर्ने अवस्था बनाइदिनु भएन ।’
उता सहमहामन्त्रीद्वय सह महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले नेपाल विद्यार्थी संघ र तरुण दलको नियुक्ति प्रक्रियामा शेखर कोइराला पक्षधरलाई बाइपास गरेर अघि बढेको भन्दै आलोचना गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend