Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढयोः कमल थापा


    शनिबार, असार ३२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन् ।

    पुर्व पराराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिदैँ जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हु्न । 

    ‘संसदीय चुनाव नजिकिदैँ जाँदा बाह्य शक्तिहरुको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका छन, ‘दिल्ली, बेइजिङ र बाशिंगटनमा पानी पर्दा काठमाडौंमा छाता ओडने जमात खोज्दैछन, राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ ।’ अध्यक्ष थापाल नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवादी अझै जिउँदै रहेको उल्लेख गरेका छन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार