काठमाडौं । गृहमन्त्रालयले साँझ ७ बाट बिहान ७ बजेसम्म काठमाडौं उपन्यकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार साँझ सूचना जारी गरी उपत्यका प्रवेशमा रोक लगाउने निर्णयले यात्रुहरु मर्कामा पर्ने भएका छन् । भारतबाट काठमाडौं भित्रने क्रम बढेको र उनीहरुबाट कोरोना संक्रमण बृद्धि भएपछि गृहमन्त्रालयले बिहीबार बेलुकादेखि लागू हुनेगरी उपत्यका प्रवेश नाकाबाट आवागमनमा रोक लगाएको छ । जसका कारण बिहीबार बिहान काठमाडौंका लागि प्रस्थान गरेका यात्रुहरु मर्कामा परेका छन् ।
सरकारले बुधबारै सूचना जारी गरेको भए कतिपय यात्रु काठमाडौं आउँदैनथे होलान् तर बेलुका सूचना जारी गरेकाले बिहान काठमाडौंका लागि हिंडेका यात्रुहरु साँझ ७ बजेबाट उपत्यका प्रवेशमा रोक लगाएपछि बिचल्लीमा पर्ने भएका छन् । उपत्यका बाहिरबाट आएका यात्रुहरुको परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गृहले यो नियम लागु गरेको जनाएको छ । कोरोना रोकथामका लागि यस्तो निर्णय लागू गराउनु राम्रो पक्ष भए पनि आज बेलुका निर्णय गरेर आजैबाट उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाउनु भनेको गृहको यात्रुलाई सास्ती दिने कार्यका रुपमा लिइएको छ ।
गृहमन्त्रालयले साउन १६ बाट लागू हुनेगरी यो निर्णय गरेको भए यात्रुहरु समय मिलाएर काठमाडौं आउँथे, तर बिहीबार बेलुका सूचना जारी गरेकाले बिहान काठमाडौंका लागि हिंडेका यात्रु मर्कामा पर्ने भएका छन् ।
काठमाडौं आउने यात्रुहरुलाई बिना जानकारी आज बेलुका निर्णय गरेर आजैबाट आवागमनमा रोक लगाउँदा यात्रुहरु नै अन्योल र समस्यामा परेका छन् । गृह मन्त्रालयले निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend