Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुष्पा भुसाल उपसभामुख बन्दा नेम्वाङ खुसी !


    शुक्रबार, असार ३१ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन् । 

    शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन् । 

    उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने ‘ढिलै भए पनि छोरी भयो, खुसी लागेको छ ।’

    नेम्वाङले अब मंसिरमा हुने निर्वाचन स्वस्थ हुनु पर्ने बताउँदै सबैले आफूलाई समीक्षा गर्नुपर्ने उल्लेख गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार