Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभामुखका लागि आज मनोनयन दर्ता


    बिहिबार, असार ३० २०७९
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाले अढाई बर्षपछि उपसभामुख पाउने भएको छ ।  रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । 

    उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । 

    तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

    संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

     तत्कालीन नेकपाले उपसभामुख चयन नै गर्न सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा नै बिघटन गरिदिए । अदालतले पुनः प्रतिनिधिसभा पुनस्र्थापना गरयो । फेरि ओलीले २०७८ जेठ ७ मा प्रतिनिधिसभा बिघटन गरे । सर्वोच्च अदालतले पुनः २०७८ असार २८ मा पुनर्वहाली गरिदियो । पुनर्वहाली भएको प्रतिनिधिसभाले १ बर्षपछि उपसभामुख चयनको प्रक्रिया सुरु गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार