काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भाग लिन पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्ने क्रम जारी छ । केही बेर अघि मात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा पुगेका थिए ।
सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले सभापति देउवाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘भ्रातृसंस्था नेपाली कांग्रेसलाई आवश्यक छ कि छैन ?’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

कोइराला पक्षका विद्यार्थी, नेता कार्यकर्ताको प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी अधिवेशन सकिएको ६ महिनाभित्र सबै केन्द्रीय विभाग, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर अहिलेसम्म सभापति देउवाले दुवै काम पूरा गरेका छैनन् ।
हालै बसेको कोइराला पक्षका नेताहरूको भेलाले सभापति देउवाले भ्रातृसंगठ गठन गर्दा स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै कार्यशैली सुधार गर्न दबाब दिने निर्णय गरेको थियो । सोही आधारमा सोमबार सानेपामा प्रदर्शन भएको हो ।
अहिलेसम्म नेविसंघ, तरूण दल, नेपाल किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष मात्रै तोकिएको छ। भ्रातृसंस्थामा अध्यक्ष तोक्दा सभापति देउवाले कोइराला पक्षसँग समन्वय नगरेको आरोप लागेको छ । कांग्रेसले स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend