काठमाडौं । सत्तारुढ दल कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विपक्षमा उभिएका छन् ।
गत बुधबार प्रधानमन्त्री देउवाले संवैधानिक परिषद् (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए । उक्त विधेयकको चौतर्फी आलोचना भइरहँदा कांग्रेसकै महामन्त्रीद्वय थापा र शर्मा विपक्षमा उभिएका हुन् ।
तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशसँग मिल्दोजुल्दो उक्त विधेयकको विपक्षमा उनीहरु उभिएका हुन् । तत्कालीन ओली सरकारले अध्यादेश ल्याउँदा कांग्रेसले विरोध जनाएको थियो । तर, अहिले सोही प्रकृतिको विधेयक सरकारले ल्याएपछि यसको विरोधमा थापा र शर्मा उभिएका हुन् ।
ललितपुरमा सोमबार आयोजित कार्यक्रममा गगन थापाले सो विधेयक मंगलबारभित्र फिर्ता हुने बताए । आइतबार कांग्रेस पदाधिकारीले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त विधेयक फिर्ता लिन आग्रह गरेको महामन्त्री थापाले जानकारी दिए । उनका अनुसार मंगलबारसम्ममा सो विधेयक फिर्ता हुनेछ ।
‘पूर्ववर्ती सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा कांग्रेसले गलत भन्यो । संविधानविपरीत भएकाले मान्दैनौं भनेर कांग्रेसले भन्यो । सभापति त्यो बैठकमा भाग लिन नै जानुभएन । हिजो गलत भनेको कुरालाई आज हामीले सही भन्न पाउँछौं ? पाउँदैनौं । हिजो गलत थियो भने आज पनि गलत छ । हामीलाई गल्ती गर्ने छुट छैन भनेर आइतबार पदाधिकारीहरूले देउवासँग भनिसकेका छौँ । आज–भोलिमा त्यो विधेयक फिर्ता हुन्छ,’ गगन थापाले कार्यक्रममा भने ।
यस्तै अर्का महामन्त्री शर्माले ओली सरकारले ल्याएको अध्यादेशसँँग मिल्दोजुल्दो प्रावधानसहित विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
उक्त विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताउँदै सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद् छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend