Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरा घटनालाई लिएर एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा


    सोमबार, असार २७ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको निर्वाचनमा अमार्यदित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ ।

    प्रतिनिधिसभा बैठकमा साेमबार बौल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा बाजुरा बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

    ‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने । दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार