काठमाडौं । एमाले सांसद नवराज सिलवालले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन क्रमशः वित्तीय गठबन्धनमा परिणत भएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिलवालले मुलुक आर्थिक अवस्था तहसनहस भएको अवस्थामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेको प्रति आपत्ति जनाएका छन् ।
‘पाँचदलीय गठबन्धन अब वित्तीय गठबन्धन, लाभको गठबन्धन, फाइदाको गठबन्धनमा परिणत भएको छ, नेपाल प्रहरीलाई आवाश्यक नै नपरेको हतियार खरिद गर्ने निर्णय गरेर यसलाई पुष्टि गरेको छ,’ सांसद सिलवालले भने, ‘बिचौलियाको भरमा हतियार खरिद गर्न रकम निकासा गराइँदैछ, यतिबेला नेपाल प्रहरीलाई हतियार होइन, प्रविधियुक्त बनाउन जरुरी छ ।’
नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सिलवालले तत्काल सो निर्णय फिर्ता लिनुपर्ने मागसमेत गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend