काठमाडौं । सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री वालकृष्ण खाणले सक्रियता बढाएका छन् ।
आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका गृहमन्त्री खाणले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई बंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।
कानुन मन्त्री गोविन्द शर्मा कोइरालासहित आफूलाई भेट्न आएका गृहमन्त्री खाणलाई नेम्वाङले संसदमा टेबुल भएपछि मात्रै प्रतिक्रिया दिने जनाएका छन् । ‘नागरिकता विधेयकमा के के आउँदैछ, त्यो हेरेपछि मात्रै एमालेको पोजिसन रहन्छ,’ नेम्वाङले खाणलाई जवाफ दिएका छन् । विगतमा दलहरुबीच सहमति भएको बुँदा नै समेटेर नयाँ विधेयक ल्याउन खोजेको खाणले जनाएपछि नेम्वाङले भने अध्ययनपछि मात्रै प्रतिक्रिया दिने जवाफ दिएका छन् ।
तत्कालीन केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्नेसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गरेको कांग्रेसले कुन हिसावले सोही प्रावधान राखेर संवैधानिक परिषद्को विधेयक ल्याएको हो ? त्यसको जवाफ दिनु पर्ने नेम्वाङको भनाई छ ।
पार्टी भित्रका शेखर कोइराला समूहका नेता अर्थात् गगन थापा लगायतले सरकारले ल्याउन खोजेको संवैधानिक परिषद् विधेययक प्रति आपत्ति जनाउँदै आएका छन् । ‘ओली सरकारले ल्याउँदा बेठिक आफुले ल्याउँदा ठिक’ भन्ने दोहोरो नीति चलाउन नहुने भन्दै सो विधेयक फिर्ता लिनु पर्ने माग गरिरहेको बेला गृहमन्त्री खाण भने माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।
नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो, संसदको राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको अवस्था भएपनि गत २४ असारमा २४ गते फिर्ता लिने निर्णय गरेर नयाँ पेश गर्ने जनाएको थियो ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend