Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साझा यातायातले विद्युतीय बस संचालन गर्ने


    बिहिबार, असार २३ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  साझा यातायातले आजबाट राजधानीमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । सुरुवाती परीक्षणको रुपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याइएको हो । 

    थप ३७ थान विद्युतीय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ । 

    साझाको विद्युतीय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो । 

    ‘नेपाल सरकारले २०७६ असार ३१ मा विद्युतीय परिवहन प्रवर्दन गर्न साझा यातायात सहकारी संस्था लि.मा ३ अर्ब रुपैयाँ लगानि गर्नाले यस संस्थालाई विद्युतीय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको हो,’ साझाले विज्ञप्तिमा भनेको छ । 

    ब्याट्रीबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले विभिन्न चरणमा विद्युतीय सवारी भित्राउने योजना बनाएको छ । 

    पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरि ८.५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चिनको नानजिङ्ग सहरस्थित सिएचटिसि’ कम्पनीको उत्पादन हुन् । 

    दोश्रो चरणमा १०–१२ मिटर लम्बाईको विद्युतीय शहरी बस तथा लामो दुरीको विद्युतीय  बस खरिदको प्रक्रिया अगाडि बढिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार