Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पसलमा लुकाएको पेस्तोल र गोलीसहित हरिवनका एक पुरुष पक्राउ


    मंगलबार, असार २१ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।

    दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उन्ले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो ।

    पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । एसवी थापा/न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार