Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीको पोल्टामा


    मंगलबार, असार २१ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ ।  लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको  उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ ।  फाइनल खेलमा  मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स गोर्खाले ३० हजार  पुरस्कार जितेको छ । 

    प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ ।  
    प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता  मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भएका छन्  । उनीहरूले जनही एक हजार  पुरस्कार पाएकाे आयोजक लमजुङ फुटसलका संचालक केशबहादुर रानाले बताए ।  

    प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो । 

    जिल्लामा पहिलो पटक हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार