Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हप्ता दिनमा हलेसीमा ४० हजार भेटी आम्दानी


    सोमबार, असार २० २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । हप्ता दिनको अवधिमा खोटाङको त्रिधार्मिकस्थल हलेसीमा ४० हजार भेटी आम्दानी भएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा गत ११ असारदेखि १७ असारसम्मको अवधिमा ४० हजार ६५ रुपैयाँ भेटी आम्दानी भएको हो । 

    यस अवधिमा हलेसीमा दर्शनार्थीले एक तोला चाँदी र ०.००५ तोला सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । 

    संकलन भएको रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रूपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार