काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा बढिरहेको विवाद समाधान हुन सकेको छैन ।
विवादमा संलग्न पक्षको ध्यान समस्या समाधानमा भन्दा पनि शक्ति प्रदर्शनमा केन्द्रित भएको देखिएको छ । यही क्रमले मंगलबार निरन्तरता पायो ।
मंगलबार नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद समाधानका लागि भन्दै ६ बुँदे सुझाव सार्वजनिक गरे । वामदेवको त्यो सुझावका अधिकांश बुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज हुने खालका थिए । यसलाई राजनीतिक वृत्तमा रोचक घटना भनिएको छ ।
योसँगै वामदेव ओली खेमामा पुगेको चर्चा ह्वात्तै चुलियो । वामदेवले अहिलेसम्म आफू ओली खेमामा रहेको पुष्टि हुने कुनै आधार दिएका छैनन् । उनलाई तथाकथित विश्लेषणका आधारमा मात्र ओली खेमामा पुर्याइएको उनका निकटस्थको आरोप छ ।
तर ओलीका लागि भने वामदेवको सुझाव ठूलो हतियार बन्यो । पार्टीभित्र चरम अल्पमतमा परेका उनले वामदेव आफ्नै खेमामा रहेको देखाउन जुक्ति निकाले ।
मंगलबार साँझ उनी पत्नी राधिका शाक्यसहित वामदेव निवास पुगे । दलबलसहित वामदेव निवास भैंसेपाटी गएपनि उनले नख्खु पुगेपछि मात्रै आफू आएको जानकारी दिएका थिए ।
सो भेटमा ३० जना सहभागी भएको र यसको कुनै राजनीतिक अर्थ समेत नरहेको वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताएका छन् । पारिवारिक भेटघाट भन्दै वामदेव निवासमा २ घण्टा बसेर ओलीले वामदेव आफ्नो खेमामा आएको ‘विज्ञापन’ गराए । पारिवारिक भेटघाट र खानपानलाई ओलीले राजनीतिक अस्त्रको रुपमा प्रयोग गर्न सफल भएको देखिएको छ ।
यसरी आयो ६ बुँदे सुझाव
नेता वामदेवले मंगलबार ६ बुँदे सुझाव पेश गरेपनि यो कसरी आयो भन्ने कुरा बाहिरिएको छैन । पछिल्लो समय ओली समर्थकहरु वामदेवलाई मनाउन भन्दै निरन्तर उनीसँग सम्पर्क गरिरहेका छन् ।
विशेषगरी वामदेव निवास नजिकै रहेका नेकपा महासचिव विष्णु पौडेलसँग उनको बाक्लो भेट भएको स्रोतले दावी गरेको छ ।
वामदेवलाई जारी विवाद मिलाउन भन्दै आग्रह गरेको र अहिले आफूलाई हटिहाल्नका लागि दबाब नदिन पौडेल मार्फत सन्देश पठाएपछि वामदेवले अन्तत: यसलाई स्वीकारेको स्रोतको भनाइ छ ।
तर वामदेव ओलीको कित्तामा गएको मान्न भने ती स्रोत तयार छैनन् । अहिलेका लागि मात्र विवाद मत्थर बनाउन र आगामी मंसिरपछि पार्टीको नेतृत्व छोड्ने शर्तमा मात्रै वामदेव मानेको बुझिएको छ ।
तर अहिले वामदेवले ओलीसँग बार्गेनिङ गरेर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह छाडेको आरोप लागिरहेको छ । तर यो बारेमा छिट्टै नै सबै कुरा बाहिर आएने वामदेव निकटस्थ स्रोतले दावी गरेका छन् ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend