Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाले स्वागत गर्दै भित्र्याए सुनिल थापालाई


    मंगलबार, साउन १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो एक कार्यक्रम आयोजना गर्दै थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेसमा स्वागत गरेका हुन्। आफ्ना सहयोगीहरुसहित राप्रपा छोडेर आएका थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने सहमति भइसकेको छ।

    थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्। राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए।

    थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार