काठमाडौं । मंगलबारको नेकपा स्थायी समिति बैठक एकलौटी ढंगले स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ विवाद सिर्जना गरेका छन् । यसअघि नै तोकिएको स्थायी समिति बैठक एकल निर्णयबाट स्थगित गरेपछि पार्टीमा जटिल संकट देखा परेको थियो ।
यो अवस्थामा ओलीको कडा प्रतिवाद गर्नुपर्ने आवाज उठेपनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले उत्तेजित हुन नहुने भन्दै अधिकांश स्थायी समितिलाई सम्झाएका थिए ।
ओली निकटका स्थायी समितिको अनुपस्थितिमा बसेको बहुमत सदस्यबीच भएको बैठकमा प्रचण्डले सहमतिमा जोड दिएका हुन् ।
सो बैठकले प्रम ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिएका छन् । मुठभेडको अवस्था भएकाले तत्कालै कडा कदम नचाल्ने भन्दै सहमति नै गर्नुपर्ने र यसको जिम्मा प्रचण्डलाई दिइएको बताइएको छ ।
यसअघि साथै रहेका उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड समूहको साथ छोडेसँगै बहुमतबाट निर्णय गरेर अगाडि बढ्ने विषयमा प्रचण्ड समूह रोकिएको बुझिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend