Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओली–प्रचण्ड छलफलमा, खनाल पनि उपस्थित


    मंगलबार, साउन १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बहुमत स्थायी समिति सदस्यहरुले बैठकको तयारी गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छलफलका लागि बोलाएका हुन्।

    आजका ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक प्रधानमन्त्री ओलीले तयारी नपुगेको भन्दै एकतर्फी रुपमा स्थगित गरेका थिए र तर बहुमत सदस्यले बैठक राख्ने तयारी गरेका थिए । 

    प्रधानमन्त्री ओलीसँग अहिले अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा रहेको स्रोतले जनाएको छ।

    बैठक सुरु भएपछि ओलीले बोलाएका कारण दुई नेता भेट्न गएको स्रोतले बताएको छ । स्थायी समितिका अन्य नेताहरु अहिले पनि बैठक कक्षमै बसिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार