Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुरु भयो नेकपा स्थायी समिति बैठक


    मंगलबार, साउन १३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेको नेकपा स्थायी समिति बैठक बालुवाटारमा सुरु भएको छ । एकपक्षीय रुपमा स्थगित गरिएको भन्दै यसअघि स्थायी समिति सदस्यले विरोध जनाएका थिए । 

    सोमबार नै स्थायी समिति बैठक नरोक्ने निर्णय गरेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगायत सबै सो बैठकमा उपस्थित रहेको थाहा भएको छ । 

    बैठकमा गणपूरक संख्या पुगेको र बैठक सञ्चालन भैरहेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । यस्तैगरी एकपक्षीय रुपमा स्थायी समिति बैठक रोक्ने निर्णय गरेका ओली आफू निकटका स्थायी समिति सदस्यसँग बालुवाटारमै छलफल गरिरहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार