काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवादले अनौठो मोड लिएको छ । पछिल्लो समय पार्टीभित्र चरम अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन सफल भएसँगै नेकपा विवादले अनौठो मोड लिएको हो ।
नेकपाको स्थायी समिति बैठक सुरु भएयता प्रम ओलीको विपक्षमा रहेका वामदेवले यू-टर्न लिँदै ओलीको पक्ष लिएका छन् । वामदेव ओलीको कित्तामा आएसँगै ओलीलाई राहत भएको विश्लेषण भैरहेको छ । यसअघि पार्टी सचिवालयमा ६-३ ले पछि परेका ओली अहिले ५-४ को अवस्थामा देखिएका छन् ।
पछिल्लो सातादेखि नै वामदेवले परिवर्तित स्वभाव देखाएपनि उनले मंगलबार भने औपचारिक रुपमै आफू ओली कित्तामा लागेको प्रष्ट पारे । पार्टी विग्रह रोक्नका लागि भन्दै उनले ६ बुँदे प्रस्ताव राखेका छन् । तर सो ६ वटै बुँदामा भने ओलीले चाहेको कुरा मात्र उल्लेख छ । विपक्षमा रहेका पुषपकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतले भन्दै आएका कुनै पनि विषय ती बुँदामा अटाएका छैनन् ।
ओली पाँच वर्ष नै प्रधानमन्त्री रहने, महाधिवेशनपछि नेतृत्व परिवर्तन गर्ने, मन्त्रिमण्डल हेरफेर गर्ने, सहमतिमा महाधिवेशन आयोजना गर्ने, पार्टी बैठक पार्टी कार्यालयमा गर्ने र प्रधानमन्त्रीको काममा पार्टीले हस्तक्षेप नगर्ने विषयहरु ती बुँदामा उल्लेख छ ।
वामदेवको यो परिवर्तित स्वभावको कारण भने थाहा भैसकेको उनका विरोधीहरुले दावी गरेका छन् । प्रम ओलीले यसअघि नै महाधिवेशनमा पार्टीको नेतृत्व सम्हाल्न सघाउने बचन दिएकाले उनले कित्ता परिवर्तन गरेको दावी गरिएको छ।
यसअघि पनि पटकपटक प्रलोभनमा पर्दै कित्ता परिवर्तन गर्दै आएका गौतमले ओलीसँग अरु के-के विषयमा सम्झौता गरे भन्ने कुरा अझै बाहिर आइसकेको भने छैन । मन्त्रिमण्डल हेरफेरमा केही मन्त्री उनको भागमा पार्ने लगायतको प्रलोभन पाएरै वामदेवले कित्ता परिवर्तन गरेको दावी नेकपा निकट स्रोतले गरेको छ ।
पछिल्लो समय वामदेव प्रचण्ड निवास खुमलटारमा हुने बैठकमा जान समेत छोडेका थिए । मंगलबारको विज्ञप्तिले भने उनी अब सो समूहमा नै नरहेको प्रष्ट भएको छ। यसले प्रम ओलीलाई राहत मात्र दिएको छैन, उनले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गर्दै विपक्षी समूहलाई चुनौती समेत दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend