Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टी विवाद मिलाउन दुई अध्यक्षलाई वामदेवका ६ बुँदे सुझाव


    मंगलबार, साउन १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम मौन देखिएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध खुलेर लागेका उनी पछिल्लो समय नरम बनेको पाइएको छ । 

    विशेषगरी ओलीको तर्फबाट महाधिवेशनपछि अध्यक्ष बनाउने आश्वासन पाएपछि उनको बोली फेरिएको विश्लेषण भैरहेको छ । 

    यही सन्दर्भमा गौतमले प्रेस सहयोगी विश्वमणी सुवेदीमार्फत पार्टी एकता जोगाउन भन्दै दुई अध्यक्षलाई ६ बुँदे सुझाव दिएका छन्।

    उनको अधिकांश सुझाव भने ‌ओलीको भनाइसँगै ठ्याक्कै मिल्ने खालको छ । ओलीले आफूले अहिले तत्कालै राजीनामा नदिने तर मन्त्रिपरिषद् हेरफेर गर्न सकिने, महाधिवेशनपछि नेतृत्व परिवर्तन गर्न सकिने लगायतका प्रस्ताव राख्ने गरेका छन्। गौतमको सुझाव सोही प्रस्तावको सेरोफेरोमा रहेको छ । 

    गौतमले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष लगायतका सुझाव दिएका हुन् । 

    यस्तो छ गौतमको सुझाव:-

     

    115823044_10158485157337744_8374033321266353617_o.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार