काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बस्ने तयारी भैरहेको छ । यसअघि ११ बजेका लागि तोकिएको बैठक स्थगनको प्रायोजित हल्लाले गर्दा ढिलो सुरु हुने भएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।करिब १०:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् बैठक स्थगित भएको घोषणा गरेका थिए ।
सोमबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले बैठक रोक्न नहुने निष्कर्ष निकालेका थिए । बैठकमा प्रम ओली नआएपनि अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने समेत तयारी रहेको थाहा पाएपछि प्रम ओलीले सूर्य थापामार्फत एकतर्फी रुपमा बैठक स्थगित गरेको खुलासा भएको छ । तर ओलीको यो प्रयास असफल हुने देखिएको छ ।
अहिले बालुवाटारमा बैठकका लागि करिब ३० जना स्थायी समिति सदस्यहरु उपस्थित भैसकेका छन् भने अन्यौलमा परेका सदस्यलाई पनि बैठकमा उपस्थित हुनका लागि खबर गरिसेकको एक स्थायी समिति सदस्यले नेपाल फेसलाई जानकारी दिए ।
पछिल्ला दिनहरुमा छलफलको लागि कुनै तदारुकता नदेखाएका ओलीले पार्टीको स्थायी समिति बैठकलाई पेण्डुलम बनाएको समेत आरोप लागिरहेको छ ।
एकतर्फी रुपमा बैठक स्थगितको घोषणा गरेर ओलीले अर्को गम्भीर गल्ती गरेको आरोप लगाउँदै एक स्थायी समिति सदस्यले भने, ‘प्रम ओलीमा अराजकता हावी भइरहेको छ। लगातार बैठक छल्दै मनपरी गरिरहनु भएको छ । अहिले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगितको घोषणा यसैको शिलशिलाको रुपमा बुझेका छौं।’
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend