काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बस्ने तयारी भैरहेको छ । यसअघि ११ बजेका लागि तोकिएको बैठक स्थगनको प्रायोजित हल्लाले गर्दा ढिलो सुरु हुने भएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।करिब १०:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् बैठक स्थगित भएको घोषणा गरेका थिए ।
सोमबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले बैठक रोक्न नहुने निष्कर्ष निकालेका थिए । बैठकमा प्रम ओली नआएपनि अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने समेत तयारी रहेको थाहा पाएपछि प्रम ओलीले सूर्य थापामार्फत एकतर्फी रुपमा बैठक स्थगित गरेको खुलासा भएको छ । तर ओलीको यो प्रयास असफल हुने देखिएको छ ।
अहिले बालुवाटारमा बैठकका लागि करिब ३० जना स्थायी समिति सदस्यहरु उपस्थित भैसकेका छन् भने अन्यौलमा परेका सदस्यलाई पनि बैठकमा उपस्थित हुनका लागि खबर गरिसेकको एक स्थायी समिति सदस्यले नेपाल फेसलाई जानकारी दिए ।
पछिल्ला दिनहरुमा छलफलको लागि कुनै तदारुकता नदेखाएका ओलीले पार्टीको स्थायी समिति बैठकलाई पेण्डुलम बनाएको समेत आरोप लागिरहेको छ ।
एकतर्फी रुपमा बैठक स्थगितको घोषणा गरेर ओलीले अर्को गम्भीर गल्ती गरेको आरोप लगाउँदै एक स्थायी समिति सदस्यले भने, ‘प्रम ओलीमा अराजकता हावी भइरहेको छ। लगातार बैठक छल्दै मनपरी गरिरहनु भएको छ । अहिले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगितको घोषणा यसैको शिलशिलाको रुपमा बुझेका छौं।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend