Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टी एकताका लागि त्याग गरौं, विनाशको बाटो बन्द गरौंः ठाकुर गैरे


    मंगलबार, साउन १३ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । एक महिनादेखि पटक–पटक स्थगित हुँदै बस्दैआएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति बैठक आज पनि स्थगित भएको छ । नेकपाको स्थायी समिति बैठक असार ११ गतेदेखि सुरु भए पनि पटक पटक स्थगित हुँदैआएको छ । कुनै निष्कर्ष निस्कन सकेको छैन ।

    स्थायी समितिका अधिकांश सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदैआएको छ । प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । मन्त्रिमण्डल पुनर्गठनदेखि प्रदेशका मुख्यमन्त्रीसम्म परिवर्तन गर्ने तर प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा नदिने पक्षमा ओली दृढ देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमहरु उनलाई कम्तीमा एक पदबाट राजीनामा गराउनैपर्ने दबाबमा छन् ।

    नेकपाभित्र दुई पक्ष आ–आफ्नो अडानबाट टसको मस नभएपछि नेता कार्यकर्ताबीचमा पार्टी नै फुट्ने चिन्ता प्रकट हुन थालेको छ । नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गरेर पार्टी फुटाउन खोजेको आरोप प्रधानमन्त्री ओलीमाथि अर्का अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमले लगाइसकेका छन् ।

    नेकपा एक भएर चुनावमा झन्डै दुई तिहाई बहुमतको शक्ति आर्जन गरिसकेपछि नेताहरुको इगोले पार्टी विभाजनको तहमा पुग्नु नहुने आवाज तलका नेता कार्यकर्ताले उठाइरहेका छन् । नेकपाका युवानेता ठाकुर गैरेले नेताहरुलाई बिनासको बाटो बन्द गर्न आग्रह गरेका छन् । पार्टी एकता बचाउन आफ्नो तर्फबाट के त्याग गर्नुपर्छ त्याग्न तयार रहेको उनले उल्लेख गरेका छन् ।

    गैरेले सामाजिक संजालमा नेतृत्वले पार्टी एकता बचाउन त्याग गर्नुपर्ने संकेत गर्दै लेखेका छन्–‘विनाशको बाटो बन्द गरौं, नेताहरु भन्नुहोस् पार्टी एकता बचाउन मैले के त्याग गर्नुपर्छ म तयार छु । मलाई लाग्छ, आज पार्टी बिभाजन हुनुपर्ने कुनै सैद्धान्तिक र राजनैतिक कारण छैन । यति ठूलो नेपाली क्रान्तिका उपलब्धिहरुको रक्षा र थप उपलब्धि हासिल गर्नका लागि नेताहरूले अझ धेरै त्याग गर्न सक्नुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार