काठमाडौं । एक महिनादेखि पटक–पटक स्थगित हुँदै बस्दैआएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति बैठक आज पनि स्थगित भएको छ । नेकपाको स्थायी समिति बैठक असार ११ गतेदेखि सुरु भए पनि पटक पटक स्थगित हुँदैआएको छ । कुनै निष्कर्ष निस्कन सकेको छैन ।
स्थायी समितिका अधिकांश सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदैआएको छ । प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । मन्त्रिमण्डल पुनर्गठनदेखि प्रदेशका मुख्यमन्त्रीसम्म परिवर्तन गर्ने तर प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा नदिने पक्षमा ओली दृढ देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमहरु उनलाई कम्तीमा एक पदबाट राजीनामा गराउनैपर्ने दबाबमा छन् ।
नेकपाभित्र दुई पक्ष आ–आफ्नो अडानबाट टसको मस नभएपछि नेता कार्यकर्ताबीचमा पार्टी नै फुट्ने चिन्ता प्रकट हुन थालेको छ । नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गरेर पार्टी फुटाउन खोजेको आरोप प्रधानमन्त्री ओलीमाथि अर्का अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमले लगाइसकेका छन् ।
नेकपा एक भएर चुनावमा झन्डै दुई तिहाई बहुमतको शक्ति आर्जन गरिसकेपछि नेताहरुको इगोले पार्टी विभाजनको तहमा पुग्नु नहुने आवाज तलका नेता कार्यकर्ताले उठाइरहेका छन् । नेकपाका युवानेता ठाकुर गैरेले नेताहरुलाई बिनासको बाटो बन्द गर्न आग्रह गरेका छन् । पार्टी एकता बचाउन आफ्नो तर्फबाट के त्याग गर्नुपर्छ त्याग्न तयार रहेको उनले उल्लेख गरेका छन् ।
गैरेले सामाजिक संजालमा नेतृत्वले पार्टी एकता बचाउन त्याग गर्नुपर्ने संकेत गर्दै लेखेका छन्–‘विनाशको बाटो बन्द गरौं, नेताहरु भन्नुहोस् पार्टी एकता बचाउन मैले के त्याग गर्नुपर्छ म तयार छु । मलाई लाग्छ, आज पार्टी बिभाजन हुनुपर्ने कुनै सैद्धान्तिक र राजनैतिक कारण छैन । यति ठूलो नेपाली क्रान्तिका उपलब्धिहरुको रक्षा र थप उपलब्धि हासिल गर्नका लागि नेताहरूले अझ धेरै त्याग गर्न सक्नुपर्छ ।’
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend