Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वाेत्कृष्ट अशोक बराललाई बुलेट बाइक


    मंगलबार, जेष्ठ ३१ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा।मकवानपुर गोल्डकपको सर्वाेत्कृष्ट खेलाडी विजय यूथ क्लबका अशोक बराल भएका छन् ।

    प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका हुन् ।

    सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले हेटौंडा स्कूल अफ म्यानेजमेण्टले उपलब्ध गराएको बुलेट मोटरसाइकल प्राप्त गरे ।

    अन्य विधागत पुरस्कार भने आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपानेले विधागत उत्कृष्टको पुरस्कार प्राप्त गरे । उनीहरुले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार