Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो


    सोमबार, जेष्ठ ३० २०७९
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । लेखनाथस्थित पचभैया क्षेत्रका नागरिकहरुले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै सांकेतिक रुपमा बाटो नै बन्द गरिदिएका छन् ।

    पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद खगराज अधिकारीको घर जाने बाटोसमेत रहेको बेगनास भोर्लेटार सडकमा सांकेतिक विरोध स्वरुप बन्द गरिदिएका हुन् । उनीहरूले सोमबार बिहान आधा घण्टा बाटोमा गाडी हिँड्न रोकिदिए ।

    पटक पटक सडक मर्मतका लागि सरोकारवाला निकायलाई घचघच्याउँदा समेत सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको नागरिक सरोकार समितिका सदस्य दामोदरभक्त थापाले बताए ।

    ‘भन्नुपर्ने ठाउँमा भनिसक्यौं । कोही नेता र कर्मचारी छैनन् भन्न बाँकी,’ उनले भने, ‘कसैले सुनेनन् । बाटो बन्द गर्नुको विकल्प भएन । अझै सुनुवाइ नभए थप कार्यक्रम गर्छौं ।’

    निर्वाचनका बेला बजेट दिन नमिल्ने भनेपछि स्थानीयले नै पैसा उठाएर खाल्डा टालेका थिए । चुनाव जितेपछि पनि कुनै सुनुवाइ नभएको थापाले बताए । यो बाटो कास्कीको बेगनासतालबाट लमजुङको भोर्लेटार छिचोल्ने सबैभन्दा छोटो दूरीको बाटो हो । त्यहाँको करिब ८ किलोमिटर बाटो निकै साँघुरो र बढी खाल्डाखुल्डी भएकोले मर्मतका लागि आग्रह गरिएको स्थानीयहरूले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार