काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीसँग छलफल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । यसअघि खुमलटारमा बहुमत सचिवालय सदस्य र केही स्थायी समिति सदस्यसँग छलफल गरेका उनी आजको स्थायी समिति बैठकबारे कुरा गर्न भन्दै बालुवाटार गएका हुन् ।
आज प्रचण्डले ओलीलाई सहमत हुनका लागि अन्तिम विकल्प दिने र नमानेमा स्थायी समिति बैठकलाई अघि बढाउने तयारी गरेको खुमलटार स्रोतले बताएको छ ।
प्रचण्डले ओलीसँग राख्ने विकल्पका बारेमा ती सचिवालय र स्थायी समिति सदस्यसँग छलफल गरेको बुझिएको छ ।
गत असार १० गते सुरु भएको स्थायी समिति बैठक पटकपटक सर्दै आएको छ । बैठकमा ओलीको राजीनामा मागिएसँगै बैठक बस्न पनि सकेको छैन भने बैठक टुंगिने अवस्था पनि देखिएको छैन ।
स्थायी समिति सदस्यहरुले यो अवस्थाको अन्त्य गर्नाको लागि भन्दै प्रचण्डलाई दबाब दिएका छन्। अब भने ओलीलाई नकुर्दै बैठकमा प्रतिवेदन पेश गर्ने प्रचण्ड समूहको तयारी रहेको छ ।
आज ११ बजेका लागि स्थायी समिति बैठक तोकिएको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend