काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीसँग छलफल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । यसअघि खुमलटारमा बहुमत सचिवालय सदस्य र केही स्थायी समिति सदस्यसँग छलफल गरेका उनी आजको स्थायी समिति बैठकबारे कुरा गर्न भन्दै बालुवाटार गएका हुन् ।
आज प्रचण्डले ओलीलाई सहमत हुनका लागि अन्तिम विकल्प दिने र नमानेमा स्थायी समिति बैठकलाई अघि बढाउने तयारी गरेको खुमलटार स्रोतले बताएको छ ।
प्रचण्डले ओलीसँग राख्ने विकल्पका बारेमा ती सचिवालय र स्थायी समिति सदस्यसँग छलफल गरेको बुझिएको छ ।
गत असार १० गते सुरु भएको स्थायी समिति बैठक पटकपटक सर्दै आएको छ । बैठकमा ओलीको राजीनामा मागिएसँगै बैठक बस्न पनि सकेको छैन भने बैठक टुंगिने अवस्था पनि देखिएको छैन ।
स्थायी समिति सदस्यहरुले यो अवस्थाको अन्त्य गर्नाको लागि भन्दै प्रचण्डलाई दबाब दिएका छन्। अब भने ओलीलाई नकुर्दै बैठकमा प्रतिवेदन पेश गर्ने प्रचण्ड समूहको तयारी रहेको छ ।
आज ११ बजेका लागि स्थायी समिति बैठक तोकिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend