Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मल अभावका बारेमा छलफल गर्न एमालेको माग, संसदको कार्यसूची रोक्न प्रस्ताव


    सोमबार, जेष्ठ ३० २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको कार्यसूची रोकेर मल अभावबारे छलफल गर्नुपर्ने माग गरेको छ । धानखेतीको मौसममा रासायनिक मल अभाव छ, किसानले मल पाउन नसकेको बिषयलाई गम्भीरतापूर्वक लिंदै संसदमा छलफल हुनुपर्ने माग एमालेले राखेको छ ।

    प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदको कार्यसूचीमा रहेको बजेटमाथि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रोकेर सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माग गरेका छन् ।

    धान खेती सुरु हुने समयमा किसानहरु मलका लागि धाउनुपरेको उल्लेख गर्दैै एमालेका सांसदहरुले अन्य देशका सरकारसँग प्रत्यक्ष सहमति गरेरै भए पनि छिटो मलको ब्यवस्था गराउन माग गरेका छन् ।

    एमालेका सांसदहरुको माग छ–‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम प्रतिनिधि सभाको बैठकको कार्यक्रम स्थगन गरी रासायनिक मल झिकाई कृषकलाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्ने व्यवस्था मिलाउन यो स्थगनको सूचना दिएका छौं ।’ 

    mal.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार