Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयुर्वेद विभागका निर्बिकल्प महानिर्देशकलाई असारे बजेट सक्न भ्याइनभ्याई


    सोमबार, जेष्ठ ३० २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद चिकित्साको विकास गर्नका लागि गठित आयुर्वेद विभाग छ । त्यो विभागले आयुर्वेद चिकित्साको विकास होइन, झन् झन् अधोगतितिर लगिरहेको छ । 

    आयुर्वेद विभागको महानिर्देशकका रुपमा डा. बासुदेव उपाध्याय निर्बिकल्प देखिएका छन् । उनी महानिर्देशक भएको आधा दशक भइसक्दा पनि उनलाई चुनौती दिने कुनै पनि कर्मचारी तयार देखिएका छैनन् । मन्त्रीहरु पनि उनको बिकल्प खोज्ने पक्षमा छैनन् । जो मन्त्री र सचिव आए पनि उनीहरुको स्वार्थ पूरा गर्न जुनसुकै हदमा ओर्लिन तयार उपाध्यायले विभाग भने स्थानीय तहको स्वास्थ्य शाखा जत्तिको पनि बनाउन सकेका छैनन् । साना रकमी कुराहरुलाई पनि आफैंले ह्यान्डिल गरिरहेका उनले आफूमातहत जिम्मेवार कर्मचारी छन् भन्ने पनि भुल्ने गरेका छन् । अहिले विभागका शाखाका कर्मचारीहरु बेकामे बन्दै सामाजिक संजालमा समय ब्यतित गर्न थालेका छन् । 

    महानिर्देशक भने सानातिना कार्यक्रममा भाग लिन सरकारी टीओमा रमाउने गरेका छन् । उनलाई योग दिवस र अन्य राष्ट्रिय कार्यक्रममा मात्र देख्ने गरिन्छ, त्यसबेला मात्रै आयुर्वेद विभाग पनि छ भन्ने जानकारी पाउने अवस्था छ ।

    सरकारले जतिसुकै बैकल्पिक चिकित्साको विकासको कुरा गरे पनि आयुर्वेद चिकित्सा पद्धतितर्फ आमनागरिकलाई आकर्षित गर्न सकेको छैन । विकल्प खोज्न बाध्य पारिएको छ । आयुर्वेदको प्रचूर संभावना भएको देश हो नेपाल तर आयुर्वेद चिकित्साको विकास गर्ने जिम्मा पाएकाहरुको अकर्मण्यताले गर्दा यो दुरवस्था आएको छ । 

    अहिले असारे बजेट सकाउन आयुर्वेदका धुलो बितरण गर्ने, नाममात्रको स्वास्थ्य शिबिर राख्ने धन्दा विभागमा मौलाएको छ । यसका लागि महानिर्देशक उपाध्यायले आफूसँग असन्तुष्ट रहेका चिकित्सकहरुलाई शिबिरको नेतृत्व गराएर खुसी बनाउने प्रयास गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार