Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने


    सोमबार, जेष्ठ ३० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

    संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

    त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ ।

    बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आवको बजेट १५ जेठमा संसदमा प्रस्तुत गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार