Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्ता छन् सोमबार बस्ने एमाले सचिवालय बैठकका एजेण्डा


    आइतबार, जेष्ठ २९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

    सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो । कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत एजेण्डा तय गरेको छ ।

    एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार