दैलेख।जिल्लाको नारायाण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन् ।
देशमा आर्थिक संकट गहिरिँदै गएको भन्दै सङ्घीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको जनप्रतिनिधि र कर्मचारी बजेट सकाउनकै लागि अन्तर जिल्ला भ्रमणमा निस्केका छन् ।
बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न नगरपालिका–१ ले आर्थिक वर्ष ०७८र०७९ विनियोजन गरेको पाँच लाख बजेट सकाउन नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लसहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू लामबद्ध भएर भ्रमणमा निस्केका हुन् ।
आर्थिक वर्ष सकिनै लाग्दा यहाँ आएको विकासे बजेट कार्यान्वयनतर्फ ध्यान दिनु भन्दा जनप्रतिनिधि र कर्मचारी लामबद्ध भएर भ्रमणमा निस्कनु पाँच लाख सकाउन बाहेक अन्य कुनै उद्देश्य नरहेको स्थानीय दीपक श्रेष्ठले बताए ।
उनले भने, ‘यहाँका गरिब जनता औषधि नपाएर उपचार विहीन हुनु परेको छ, पाँच लाख भ्रमणमा सकाउनु भन्दा गरिबको उपचार र यहाँको विकासमा खर्च गरेको भए हुन्थ्यो, गाउँका सरकारले जनताका समस्या भन्दा पनि आफ्नो मस्तीमा ध्यान दिएको देखियोु,
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सङ्घीय सरकारले आर्थिक मितव्ययिताको नीति ल्याएका वेला फजुल खर्चका लागि भ्रमण लगायतका आवश्यकताहीन कामहरू गरिनु गलत भएको बताए।
‘भ्रमणले जिल्लालाई के फाइदा हुन्छ, भ्रमणको उद्देश्य के हो सरकारको नीति विपरीत कोही पनि जान पाइँदैन’, उनले भने।
कर्मचारी भ्रमणमा जाँदा प्रशासनलाई जानकारी गराउनु पर्ने भए पनि को, कहाँ, कसरी भ्रमणमा गए आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाई छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले प्रशासनलाई कुनै पनि जानकारी गराउनु नपर्ने बताए। ‘हाम्रो हाकिम भनेको नगर प्रमुख हो, मैले भ्रमणमा निस्कने कुरा नगर प्रमुखलाई जानकारी गराएको छु, प्रशासनलाई पर्दैन’, मल्लले भने।
वडा नम्बर १ का वडा अध्यक्ष सन्देश श्रेष्ठले भ्रमण बजेट वडा कार्यालयको नभई नगरपालिकाको भएको बताएका छन्। उनले नगरको पाँच लाख बजेटबाट नयाँ केही सिक्नका लागि भ्रमणमा निस्केको बताए। ‘अन्य कुरा जानकारी छैन, विस्तृत जानकारीका लागि वडा सचिवलाई बुझ्नु पर्छ’, वडा अध्यक्ष श्रेष्ठले भने । वडा सचिव गोपाल श्रेष्ठ भने सम्पर्कमा आएनन् ।
भ्रमण बजेट वडा कार्यालय वा नगरपालिकाको भन्ने विषयमा कुरा बाझिएको छ, भ्रमणमा रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले वडाको बजेट भएको बताए। वडा अध्यक्ष सन्देश श्रेष्ठले भने नगरको बजेट रहेको बताए। वडा नं. १ का तत्कालीन वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचारका लागि अन्तर जिल्ला भ्रमणका गर्न बजेटको व्यवस्थापन गरेको बताए ।
‘अन्तर जिल्ला भ्रमणका लागि पाँच लाख बजेटको थियो, भ्रमणमा जाँदा यहाँका धार्मिक ऐतिहासिक सम्पदा, कला संस्कृतिको पोस्टर, फोटो लगायतका सामाग्री लिएर जाने भन्ने योजना थियो, नयाँ आएका जनप्रतिनिधिले के कसरी कार्यक्रम बनाएर भ्रमणमा निस्किए थाहा भएन’, श्रेष्ठले भने।
यता, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले पूर्व निर्धारित कार्यक्रम भएकाले रोक्न नसकिएको बताए। उनले हाकिमलाई बिदा स्वीकृति नदिएको बताए। ‘हाकिमलाई बिदा स्वीकृति गरिएको हैन, मिल्दैन पनि, उहाँ जाँदा जानकारी गराउनु भएको हो ।’
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend