Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मर्मतका लागि आँबुखैरेनी–मुग्लिन सडकखण्ड भोलि बिहान ६ बजेसम्म बन्द रहने


    शुक्रबार, जेष्ठ २७ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दमौली । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक आज शुक्रबार बेलुका ७ बजेदेखि बन्द रहने भएको छ ।अबिरल बर्षाका कारण पृथ्वी राजमार्गका बिभिन्न ठाउँमा पहिरो गएको र सडक भासिएको थियो ।

    आँबुखैरेनी–४ पावर हाउस नजिक आज बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।डेढरदुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । “रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।”

    यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे बिकले उक्त खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए । सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुईजनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार