Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार


    शुक्रबार, जेष्ठ २७ २०७९
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी।  भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ । यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा विस्तार गर्दै शुक्रबारदेखि सेवा आरम्भ गरेको हो ।  

    धनगढी–३ बोराडाँडीमा दुई अर्ब लागतमा बनेको व्यापारिक मलबाट शुक्रबारदेखि भाटभटेनीले कारोबार सुरु गरेको हो । १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन निर्माण गरेर भाटभटेनीले खाद्यान्न, लत्ताकपडा, विद्युतीय,  कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध गराएको छ ।

    शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार