Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ


    शुक्रबार, जेष्ठ २७ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वान्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी लगायत ४ जना छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

    श्रवणले चलाई ल्याएको भे.६ प ९७७३ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गरेको थियो ।

    जाँच गर्ने क्रममा स्कुटरमा सवार राहुलले लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

    साथै थप सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त पदार्थ बब्बु  घोसी लगायत दुई जनाको भनि खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । 
    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार