Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज यी तीन सडकखण्ड छन् अवरुद्ध


    शुक्रबार, जेष्ठ २७ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । 

    तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ । 

    सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । 

    डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा राती पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ । 

    मध्यरातीबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने तर्फ पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । 

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक ईन्द्रावति नदिले आज बिहान सवा ५ बजे बगाएको छ । 

    सडक बगाउदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार