Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अबिरल बर्षाले पृथ्वी राजमार्गमा सडक भासियोः कार पुरियो, गोताखोरसहित उद्धार टोली परिचालन


    शुक्रबार, जेष्ठ २७ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अबिरल बर्षाका कारण पृथ्वी राजमार्गका बिभिन्न ठाउँमा पहिरो गएको र सडक भासिएको छ । आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खस्दा दुबैतर्फ यातायात अबरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार सडक भासिएको स्थानबाट एउटा कार तल खसेको छ । सडकबाट तल मस्र्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार