Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरालाई छाडा चौपायामुक्त बनाइने


    बिहिबार, जेष्ठ २६ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा ।  पोखरा महानगरपालिकाले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थालेको छ । 

    बिहीबारदेखि छाडा चौपाया हटाउने अभियान सुरु भएको हो । एकैदिन ३७ वटा छाडा चौपाया कान्जी हाउसमा लगेर राखिएको छ । दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए ।

    ‘पोखराका सडकमा छाडा चौपाया नरहने गरी महानगरले काम थालेको छ । दैनिकरुपमा नगरप्रहरी खटाएर चौपाया संकलन गर्छौं,’ उनले भने, ‘उनीहरूको व्यवस्थापन कान्जी हाउसमा हुन्छ । महानगरले कान्जी हाउस बनाएको छ ।’ 

    पोखरा १४ बाच्छेबुडुवामा छाडा चौपाया थुन्न कान्जी हाउस बनाइएको छ । ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनाइएको हो । त्यहाँ १ सय ५० भन्दा बढी छाडा चौपाया राखिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार