Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल


    बिहिबार, जेष्ठ २६ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । 

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । 

    काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । 

    ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार