Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा


    बिहिबार, जेष्ठ २६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मस्को। रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । 
    सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ ।
    मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भने ।

    ‘सहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार