Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु


    बुधबार, जेष्ठ २५ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

    घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।

    चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो । त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार