काठमाडौं । नेपाल प्रहरीका पाँच एआईजीले दज्र्यानी चिह्न (फुली) लगाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सरकारले सोमबार बढुवा गरेका पाँचै एआइजीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहमा दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सरकारले एआइजीमा बढुवा गरेका उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई आईजीपी सिंहले दज्र्यानी प्रदान गरेका हुन् ।
समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।