Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा केन्द्रीय समिति बैठक माग, हस्ताक्षर बुझाउने तयारी


    सोमबार, साउन १२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबाट सुरु भएको विवाद अहिले नेकपाको तल्लो तहसम्मै पुग्ने भएको छ । 

    यसअघि नेकपा भित्रको विवादमा प्रम ओली र प्रचण्डले समाधान गर्दै आएकोमा यो पटक विवाद केन्द्रीय सचिवालयले समेत समाधान गर्न सकेन । विवाद स्थायी समितिसम्म नै पुग्यो । अहिले भने जारी विवाद स्थायी समितिले हल गर्न नसकेको भन्दै  केन्द्रीय समिति बैठकको माग गर्ने तयारी सुरु भएको छ । 

    पार्टीका केन्द्रीय सदस्यहरुले यसका लागि हस्ताक्षर समेत संकलन गरिसकेको बताइएको छ । नेकपा विधानमा एक चौथाइ केन्द्रीय सदस्यले माग गरेमा १५ दिनभित्र बैठक बोलाउने प्रावधान छ । सोहीकारण १ सय १२ जनाको हस्ताक्षर भएमा बैठक बोलाउन सकिन्छ । 

    मंगलबार बस्ने भोलिको स्थायी समिति बैठकमा हस्ताक्षर बुझाउने तयारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

    पछिल्लो समय यसको तयारी स्वरुप हस्ताक्षर संकलन भैसकेको र विवाद समाधान हुने आशमा मात्र नबुझाइएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार