काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबाट सुरु भएको विवाद अहिले नेकपाको तल्लो तहसम्मै पुग्ने भएको छ ।
यसअघि नेकपा भित्रको विवादमा प्रम ओली र प्रचण्डले समाधान गर्दै आएकोमा यो पटक विवाद केन्द्रीय सचिवालयले समेत समाधान गर्न सकेन । विवाद स्थायी समितिसम्म नै पुग्यो । अहिले भने जारी विवाद स्थायी समितिले हल गर्न नसकेको भन्दै केन्द्रीय समिति बैठकको माग गर्ने तयारी सुरु भएको छ ।
पार्टीका केन्द्रीय सदस्यहरुले यसका लागि हस्ताक्षर समेत संकलन गरिसकेको बताइएको छ । नेकपा विधानमा एक चौथाइ केन्द्रीय सदस्यले माग गरेमा १५ दिनभित्र बैठक बोलाउने प्रावधान छ । सोहीकारण १ सय १२ जनाको हस्ताक्षर भएमा बैठक बोलाउन सकिन्छ ।
मंगलबार बस्ने भोलिको स्थायी समिति बैठकमा हस्ताक्षर बुझाउने तयारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पछिल्लो समय यसको तयारी स्वरुप हस्ताक्षर संकलन भैसकेको र विवाद समाधान हुने आशमा मात्र नबुझाइएको बताइएको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend