Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रचण्ड-नेपालको निचोड: स्थायी समिति रोक्नु भएन


    सोमबार, साउन १२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ‌ं । नेकपा विवाद सहमतिको आधारमा टुंगिने सम्भावना पातलिएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले अब कसरी बढ्ने भन्नेमा स्पष्ट खाका तयार पारेका छन् ।

    सोमबार नेकपा अध्यक्ष प्रचण्डको निवासमा भएको छलफलले मंगलबारदेखि स्थायी समिति बैठक स्थगित नगरी अघि बढ्ने निधो गरेको हो । यसअघि आठपटक बैठक स्थगित भएपनि विवाद सहज हुन नसकेको र प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधान नचाहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको स्रोतले बताएको छ ।

    बिहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड निवास खुमलटारमा चलेको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ लगायतका स्थायी कमिटी नेताहरु सहभागी थिए।

    पछिल्लो समय विवाद समाधान नभएपछि कसरी अघि बढ्ने भन्नेमा प्रचण्ड र नेपालबीच नै सहमति हुन सकेको छैन । नेता नेपाल भने स्थायी समितिबाट निर्णय गरेर अघि बढ्नुपर्ने लाइनमा छन् भने प्रचण्ड यतिबेला मध्यधारको खोजीमा रहेको खुमलटार स्रोतले दावी गरेको छ ।

    स्थायी समिति बैठक बिनाकारण स्थगित गरिरहँदा पार्टीको भूमिका कमजोर भएको समेत बैठकमा चर्चा चलेको थियो । यस्तै स्थायी समिति सदस्यहरुलाई पनि अपमानित भएको महसुस भएकोले बैठक स्थगनको दिशामा नजाने भएको बताइएको छ ।

    मंगलबार बस्ने बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदनसमेत पेश गरी पार्टी समितिले निर्णय गर्ने विषयमा समेत सहमति भएको स्रोतको दावी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार