Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा दुई बिधेयक पेश हुँदै, यौनहिंसाबिरुद्धको ऐन संशोधन हुने


    सोमबार, जेष्ठ २३ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा बिधेयक पेस हुने सम्भावना रहेको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ । 

    सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने बिधेयकबारे अन्तिम कार्यसूची बनाउने छ । 

    समितिलाई सम्भावित कार्यसूचीमा रहेका बिधेयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार