Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हजयात्राको शुल्क दोब्बर बृद्धिको बिरोध, निर्णय फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


    आइतबार, जेष्ठ २२ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । मुस्लिम तीर्थालुको पवित्र स्थल मक्का मदिना हजयात्राका लागि हज कमिटीले बढाएको शुल्क वृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ । 

    नेपाल मुस्लिम संघको नेतृत्वमा ३६ जना मुस्लिम तीर्थालु हजयात्रीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएको हो ।

    सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री देउवालाई हजयात्राको शुल्क वृद्धि फिर्ता गर्नु माग गर्दै ज्ञापन पत्र पठाएको नेपाल मुस्लिम संघका केन्द्रीय सचिव इर्साद अन्सारीले जानकारी दिए।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले मुस्लिम तीर्थयात्रीले बुझाएको ज्ञापन पत्र तुरुन्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पठाउने प्रतिबद्धता व्यक्त गरेको अंसारीको भनाई छ ।

    हज यात्राका लागि यसअघि २ लाख २५ हजार रुपैयाँ तोकिए पनि हाल हज कमिटीले शुल्क बढाएर ४ लाख ६३ हजार पुर्‍याएको छ । पुरानै शुल्क अनुसार सप्तरीका २४ जना हजयात्रीले १ लाख २५ हजारको दरले सम्बन्धी कार्यालयमा शुल्क बुझाई सकेको ज्ञापन पत्रमा उल्लेख छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंमार्फत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय सप्तरीलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा गृह मन्त्रालय र हज कमिटीलाई बोधार्थ दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार